दैलेखमा लागुऔषध ब्राउनसुगरसहित युवा /युवती पक्राउ

कर्णालीदृष्टि
चक्र प्रसाद पोख्रेल २६ पुष २०७७, आईतवार १९:५३

दैलेख:  दैलेख प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइन(ब्राउनसुगर)सहित आइतबार साँझ दुईजनालाई पक्राउ गरेको छ । बाँके कोहलपुर नगरपालिका-१०, कालीकानगरका २७ वर्षीया सिर्जना गुरुङ र सोही जिल्ला बैजनाथ गाउँपालिका-१, गाभरका २१ वर्षीय विशाल रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।

दैलेखको गुराँस गाउँपालिका-२, तल्लोडुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिकै सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा खानतलासी गर्दा खैरो हिरोइन र ३४ हजार रुपैयाँ फेला परेको दैलेख प्रहरीले जनाएको छ ।

सिर्जनाले खुट्टाको मोजामा लुकाइराखेको ४० पुडिया बनाइ धागोले बेरिराखेको अवस्थामा लागूऔषध खैरो हिरोइन जस्तो धुलो पदार्थ र विशाल रोकायाको साथबाट नगद ३४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार लागूऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमति लिई थप अनसुन्धान भइरहेको छ ।

Next Post

लघुकथा-भट्टि पसल:कौशिला अधिकारी

२६ पुष २०७७, आईतवार १९:५३
मेरो घर नजिकै एउटा भट्टि पसल छ । भट्टि पसलमा रुपलाल र उसकी श्रीमती साइना दुई जना मिलेर भट्टि पसल खोलेका छन। उसको एउटा छोरा पनि छ। छोरालाई बोडिङ स्कुललमा हालेको छ । रुपलाल ठेक्का बट्टाको काम गर्छ । बहिन रुपलाल उठेर चिया नखाँई म उतै खान्छु भनी ठेक्का बट्टाको […]