अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेको कुख्यात लागुऔषध तस्कर पक्राउ

कर्णालीदृष्टी संवाददाता ८ कार्तिक २०७८, सोमबार ०७:१४

काठमाण्डौ । कोलम्बियाको सबैभन्दा कुख्यात लागुऔषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका नाइके पक्राउ परेका छन् ।ओटोनियल भनिने ५० वर्षीय डेरो एन्टोनियो उसुगालाई हिजो सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको हो ।

कोलम्बियाले उनीबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो ।

कोलम्बियाका राष्ट्रपति इभान ड्युकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठूलो सफलता भएको बताउनु भएको छ।

ओटोनियलमाथि अमेरिकामा कोकिन पठाएको, प्रहरी अधिकृतहरूको हत्या गरेको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गराएको जस्ता आरोपमा मुद्दा चलाइने बीबीसीले जनाएको छ।

गएका केही वर्षदेखि​ ओटोनियललाई पक्राउ गर्नका लागि हजारौँ प्रहरी संलग्न अभियानहरू भए पनि ती सफल भएका थिएनन्। ओटोनियल पानामाको सिमाना नजिकै उत्तर(पश्चिमी कोलम्बियाको ग्रामीण क्षेत्रबाट पक्राउ परेका हुन्।

Next Post

जाजरकोटमा अन्य पालीकालाई उछिन्दै बारेकोट बन्यो सेवा प्रवाहमा पहिलो ।

८ कार्तिक २०७८, सोमबार ०७:१४
जाजरकोट । जाजरकोटको दुर्गम क्षेत्रमा पर्ने बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिनेको छ । स्वास्थ्य सेवा कार्यालयकाअनुसार स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाइ गरिएको समीक्षामा अन्य सात पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाइ गरिएको समीक्षामा बारेकोटले १०० […]