१३ न्यायाधीशले आज प्रधानन्यायाधीश जबरासँग भेट्ने ।।

कर्णालीदृष्टी संवाददाता ९ कार्तिक २०७८, मंगलवार ०९:४४

काठममण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा न्यायिक विचलन, भागबन्डा, सौदाबाजी र भ्रष्टाचारमा संलग्न भएको भन्दै नेपाल बार एशोसियसन लगायतका सरोकारवाला सङ्घसङ्गठनले आज ध्यानाकर्षण गराउने भएका छन् ।

न्यायाधीशहरू सहभागी नभएपछि हिजोका लागि बोलाइएको सर्वोच्च अदालतको पूर्ण बैठक बस्न सकेन । हिजो प्रधानन्यायाधीश जबराले १३ न्यायाधीशलाई सातवटा इजलास तोके पनि उनीहरू इजलासमा बसेनन् ।

हिजो बसेको १३ न्यायाधीशको बैठकले आज बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेटेर निकास दिन आग्रह गर्ने निर्णय गरेको छ । सर्वोच्च बारको कार्यसमिति हिजोको बैठकले न्याय प्रशासन सञ्चालन गर्न प्रधानन्यायाधीश जबरा पूर्णरूपमा असफल र असक्षम भएको भन्दै निकासका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ ।

नेपाल बार एशोसिएसनले आज बिहान ११ बजेका लागि सल्लाहकार समितिको बैठक बोलाएको छ । बारका सदस्य खिमानन्द अधिकारीका अनुसार बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने बारेमा छलफल गर्नेछ ।

Next Post

एमालेको पालिकास्तरीय कमिटी अधिवेशन आज हुँदै ।।

९ कार्तिक २०७८, मंगलवार ०९:४४
काठमाण्डौ । नेकपा (एमाले) को पालिकास्तरको कमिटी अधिवेशन आज हुँदैछ । आज दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ्ले जानकारी दिनुभयो । उहाँले बाढी प्रभावित क्षेत्रमा भने केही समय पछि मात्रै अधिवेशन हुने पनि बताउनुभयो । […]

सम्बन्धित समाचार