काठमाण्डौ । नेकपा (एमाले) को पालिकास्तरको कमिटी अधिवेशन आज हुँदैछ । आज दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ्ले जानकारी दिनुभयो ।
उहाँले बाढी प्रभावित क्षेत्रमा भने केही समय पछि मात्रै अधिवेशन हुने पनि बताउनुभयो । यसअघि ७ सय ५३ वटै पालिकाको कमिटी अधिवेशन आजै गर्ने भनिएपनि बाढी प्रभावित क्षेत्रमा भने ढिला हुने भएको हो ।
तरपनि आज ६ सयभन्दा धेरै पालिकामा अधिवेशन हुने तामाङ्को भनाइ छ । एमालेको राष्ट्रिय महाधिवेशन भने आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ ।