बालिकाको मृत्यु भएपछि आफन्तहरु आन्दोलीत, डाक्टरहरुको लापरबाही भएको आरोप ।।

कर्णालीदृष्टी संवाददाता २३ आश्विन २०७८, शनिबार १८:२५

सुर्खेत । दैलेखको नारायण नगरपालिका–४ सोतकी एक बालीकाको नाकमा मकैको दाना अड्केपछि उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यू भएको छ । बालीकाको निधनपछि डाक्टरहरुको लापरवाही भएको भन्दै बालीकाका आफन्तहरुले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन् ।

चार दिन अघि नाकमा मकैको दाना अड्केकी बालिकाको दैलेख अस्पताल हुँदै सुर्खेत पुर्याईएको थियो । बालीकाको उपचारकै क्रममा गएराती मृत्यु भएपछि आफन्तहरुले डाक्टरहरुको लापरवाहीले घटना भएको भन्दै अस्पताल परिसरमा आन्दोलन गरेका छन् ।

दैलेखका डाक्टरहरुले दैलेखमै अप्रेशन गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत पुर्याईएको बालिकाकी आमा पूजा कटुवालले बताउनुभयो ।

स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीलाई डाक्टरहरुकै लापरवाहीले मृत्यु भएको आफन्तको आरोप छ । लापरवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै अस्पतालमा आन्दोलन गरिरहेको आफन्तले बताएका छन् ।

यसैबिच प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले डाक्टरको लापरवाहीले बालिकाको मृत्यु नभएको बताउनुभयो । विरामीलाई बचाउने हरसम्भव प्रयासरत रहेको बालिकाको हकमा पनि बेहोस बनाएर मकैको दाना निकाल्न अप्रेशन गरिरहेका थियौं,’ खड्काले भन्न्ुभयो, ‘अप्रेशनका क्रममा एक्काशी बालिकामा श्वासप्रश्वासमा समस्या देखियो र विस्तारै अक्सिजन लेभल घट्दै गएपछि उहालाई बचाउन सकेनौं उहाले भन्नुभयो ।

घटनाप्रति अस्पताल परिवार दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षती पु¥याउनु राम्रो पक्ष नभएको बताउनुभयो ।

Next Post

माधव नेपाल राष्ट्रघाती हुनः सांसद शर्मा

२३ आश्विन २०७८, शनिबार १८:२५
दैलेख । प्रतिनीधि सभाका सदस्य (सांसद) रविन्दराज शर्माले माधब नेपाल जस्ता राष्ट्रघातीहरुले नेपाली जनतामाथी घात गरेको आरोप लगाएका छन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखले शनीवार जिल्लाको माहाबू गाउपालीकाको गैडाबाजमा आयोजना गरेको अगुवा कार्याकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै सांसद शर्माले यस्तो आरोप लगाएका हुन । एमाले जिल्ला कमीटि […]