प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली सिंहदरबारमा

कर्णाली दृष्टि संवाददाता ११ बैशाख २०८१, मंगलवार १५:०२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट जारी छ । प्रधानमन्त्रीलाई भेट्न ओली केही समयअघि सिंहदरबारमा आएका हुन् ।

उनीहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि सत्तागठबन्धन घटक दलका नेताको असन्तुष्टिको विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरूले सहज महसुस नगरेको भन्दै गठबन्धन टिक्नेमै आशंका व्यक्त गरिरहेका छन् ।

यस्तै, भेटमा सरकारले ल्याउन आगामी वर्षको बजेट साथै नीति तथा कार्यक्रमको विषयमा पनि छलफल हुने बताइन्छ । सरकारले संघीय ससंद्को बजेट अधिवेशन बोलाउने तयारी पनि गरेको छ ।

Next Post

इलाममा रविको भाषण राजीनामा पकेटमा बोकेर हिँडेका छौँ, काम गर्न नपाए छोड्छौँ

११ बैशाख २०८१, मंगलवार १५:०२
काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताएका छन् । डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा पत्र झोलामा बोकेर हिँडेको उनले दाबी गरे । इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफ्नो पार्टीका मन्त्रीहरूले १०० दिनमै उल्लेख्य उपलब्धि हासिल […]