सन् २०२० मा हरितगृह ग्यासको मात्रा हालसम्मकै उच्च अध्ययन ।।

कर्णालीदृष्टी संवाददाता ९ कार्तिक २०७८, मंगलवार १०:०५

काठमाण्डौ । विश्वव्यापी रुपमा तापमान वृद्धिको कारक हरितगृह ग्यासको मात्रा गत वर्ष वायुमण्डलमा अहिलेसम्म कै उच्च विन्दुमा पुगेको देखिएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वका विभिन्न क्षेत्रमा भएको लकडाउनका बाबजुद वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अधिक भएको देखिएको हो ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको विश्व मौसम संगठनले हिजो जारी गरेको प्रतिवेदन अनुसार वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा औद्योगिक क्रान्ति पूर्वको अवस्थाको तुलनामा ५० प्रतिशत बढी भएको छ । तापमान वृद्धिमा सबैभन्दा ठूलो भूमिका रहेको हरितगृह ग्यासमा पर्छ कार्बन डाइअक्साइड ।

यस्तै मिथेन ग्यासको मात्रा वायुमण्डलमा सन् १७५० यता दोब्बर भन्दा बढीले बढेको विश्व मौसम संगठनले जनाएको छ । डब्लुएमओको प्रतिवेदन अनुसार सन् २०२० मा सबै प्रकारका प्रमुख हरितगृह ग्यास (जिएचजी) को मात्रा अघिल्लो दशकको तुलनामा तीव्र गतिमा बढेको छ । यस्तै यो क्रम यो वर्ष (२०२१) मा पनि जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

Next Post

आईसीसी टी–ट्वान्टी वल्र्डकप अन्तगर्त आज दुई खेलहरू हुदै

९ कार्तिक २०७८, मंगलवार १०:०५
काठमाण्डौ । आईसीसी टी–ट्वान्टी वल्र्डकप अन्तगर्त आज दुई खेलहरू हुँदैछन् । सुपर १२ अन्तर्गत जारी खेल अन्तर्गत आज दक्षिण अफ्रिका र वेस्ट इन्डिस तथा पाकिस्तान र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आजको पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुनेछ । यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३–४५ […]