आईसीसी टी–ट्वान्टी वल्र्डकप अन्तगर्त आज दुई खेलहरू हुदै

कर्णालीदृष्टी संवाददाता ९ कार्तिक २०७८, मंगलवार १०:०८

काठमाण्डौ । आईसीसी टी–ट्वान्टी वल्र्डकप अन्तगर्त आज दुई खेलहरू हुँदैछन् । सुपर १२ अन्तर्गत जारी खेल अन्तर्गत आज दक्षिण अफ्रिका र वेस्ट इन्डिस तथा पाकिस्तान र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

आजको पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुनेछ । यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३–४५ मा हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेल पाकिस्तान र न्यूजिल्याण्डबीच हुनेछ । सारजहाँ क्रिकेट स्टेडियममा हुने यी दुई टोलीबीचको खेल साँझ ७– ४५ मा सुरु हुनेछ । यसअघि, हिजो भएको खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गरेको छ ।

अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।

जितसँगै समूह २ मा रहेको अफगानिस्तान १ खेलमा २ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ ।

Next Post

जाजरकोटमा राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण

९ कार्तिक २०७८, मंगलवार १०:०८
जाजरकोट – तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ । नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाख रुपैयाँको लागतमा राति पनि सजिलै हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले बताउनुभयो । भेरी […]