आठबिसका महिलाहरुलाई ‘फाईबर ब्याग’ सिप बिकास तालिम

कर्णालीदृष्टी संवाददाता १७ माघ २०७८, सोमबार १८:१८

दैलेख । दैलेखको आठबिस नगरपालिका भित्र रहेका महिलाहरूलाई विभिन्न सीप मुलक तालिम दिएर आत्मनिर्भर बनाउन ‘फाईबर ब्याग’ सिप बिकास सम्बन्धी तालिम प्रदान गरिएको छ ।

उधोग तथा उपभोक्ता हित संक्षण दैलेखको आयोजना तथा आठविस नगरपालीकाको समन्वयमा उक्त तालीम प्रदान गरिएइको हो ।

आर्थिक रुपमा सक्षम नहुदाँ समाजमा पछि परेका महिलाहरुलाई स्वरोजगार बनाउने उद्येश्यका साथ तालीम प्रदान गरिएको उधोग तथा उपभोक्ता हित संक्षण दैलेखका सहायक लेखा अधिकृत भरत खत्रिले जानकारी दिनुभयो ।

सीप विकास तालिम अन्र्तरगत पहिलो चरणमा १० जना भन्दा बढी महिलाहरूलाई १५ दिने फाईबर ब्याग सम्बन्धी तालिम दिएको सहायक लेखा अधिकृत खत्रिले बताउनुभयो ।

सीप मुलक तालिम संचालन गर्न नगरपालिकाले १० वटा सिलाई कटाइ मेसिन पनि खरिद गरेर ल्याएको छ । तालिममा, विपन्न समुदाय, आदीवासी जनजाति र दलित सामुदायका महिलाहरूलाई समेटिएको उधोग तथा उपभोत्ता हित संरक्षण कार्यालय दैलेखले जनाएको छ ।

उधोग तथा उपभोक्ता हित संक्षण दैलेखले सीप विकास तालिम संचालन गरेपछि स्थानीय खुशी भएका छन् ।

Next Post

नक्कली नोट र लागूऔषधसहित सुर्खेतमा तीन जना पक्राउ

१७ माघ २०७८, सोमबार १८:१८
सुर्खेत । नक्कली नेपाली नोट र लागूऔषधसहित सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको फोर्स गाडीमा चेकजाँच गर्दा वीरेन्द्रनगरका दुई र भेरीगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० घर भएका २६ वर्षीय आसिस बैगार सोही ठाउँका २१ वर्षीय विवेक विक […]