दैलेख । दैलेखको महाबू गाउपालीकाले पालीका क्षेत्रभित्रका बिकास निर्माण तथा बिभीन्न योनाहरुको अनुगमन कार्यलाई तिब्रता दिन थालेको छ ।
बुधबार वडा नम्बर १ अन्र्तरगत गठीत उपभोक्ता समुहहरुबाट सम्पन्न भएका बिभीन्न १० वटा योजानाहरुको स्थलगत अनुगमन गर्दै उक्त कार्यको थालनी गरिएको गाउपालीकाका प्रमुख प्रशासकिय अधिकृत भोलाराम पंगालीले जानकारी दिनुभयो ।
गाउपालीकाका उपाध्यक्ष प्रेम कुमारी बुढाको नेतृत्वमा, सम्बन्धीत क्षेत्रका संयोजकहरु, प्राबिधीक तथा ईन्जीनियरहरुको उपस्थितीमा अनुगमन सूरु गरिएको र पालीकाका सबै वडाहरुमा अनुगमन गरिने उहाले जानकारी दिनुभयो ।
उहाका अनुसार गएको बुधबार गाउपालीकाको वडा नम्बर १ अन्र्तरगत उपभोक्ताहरु मार्फत निर्माण सम्पन्न भएका सिचाँई कुलो, पोखरी, सडकमा निर्माण गरिएका नाला, मेसीनरी वाल लगाएत १० वटा योजानाहरुको स्थलगत अनुगमन गरिएको छ ।


अनुगमनको क्रममा सम्पन्न भएका सबै योजनाहरु तोकिएको मापदण्डअनुसार नै सम्पन्न भएको पाईएको र मापदण्ड पुरा नगररै सम्पन्न भएका योजनाहरुको हकमा भुक्तानी दिदा कटौती गरेर दिने पंगालीले बताउनुभयो ।
‘काम गर्ने शिलशिलामा कहिलेकाही प्राबिधीकहरु नभएको अवस्थामा थोरै तलमाथी भएको हुनसक्छ, तर त्यो पनि न्युन मात्रामा भएको हामीले पायौ’ पंगालीले भन्नुभयो, अनुगमन गरिएका सबै योजनाहरु निश्चित समय र मापदण्डभित्रै रहेर सम्पन्न भएका छन ।
यस्तै सोही अभियानअन्र्तरगत बिहीबार वडा नम्बर ५ मा पनि अनुगमन गरीएको छ । अनुगमनका क्रममा काँसिकाधमा निर्माणधिन स्वास्थ्य चौकी भवन, बिद्यालय भवन लगाएत अन्य बिकास निर्माणका योजनाहरुको पनि स्थलगल अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत पंगालीले जानकारी दिनुभयो ।
सबै वडाका हजार दिने आमाहरुलाई पोषणयूक्त खाना वितरण गरिने
गाउपालीकाले पालीका भित्रका सबै वडामा रहेका हजार दिने आमाहरुलाई पोषणयूक्त खानेकुरा वितरण कार्यको पनि सूरुवात गरेको छ ।
बिहीबार गाउपालीकाको वडा नम्बर ५ का ५० जना हजार दिने आमाहरुलाई पोषणयूक्त खानेकुराहरु जस्तै दाल, तेल, गेडागुडी, नुन लगाएतका खाद्यान्न वितरण गरिएको प्रमुख प्रशासकियय अधिकृत पंगालीले जानकारी दिनुभयो ।
महाबू ५ का हजार दिने आमाहरुलाई पोषणयूक्त खाना वितरण कार्यक्रम

पालीकाका ६ वटै वडाका विपन्न, अपांग तथा असहाय व्यक्तीहरुलाई बिशेष प्राथामीकतामा राख्दै प्रत्येक वडामा ५० जना हजार दिने आमाहरुलाई छनोट गरि पोषण युक्त खोनेकुरा वितरण गरिने छ ।
माहाबू गाउपालीका स्वास्थ्य शाखा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तरगत गाउपालीका भित्र रहेका सबै वडाका हजार दिने आमाहरुलाई पोषणयूक्त खानेकुराहरु वितरण कार्य सूरु गरिएको उहाले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत पंगालीका अनुसार पालीकाका सबै वडारुमा भैरहेका बिकास निर्माण लगाएतका योजनाहरुको अनुगमन गर्ने समय तालीका निर्धारण भैसकेको सोही तालीका अनुसार पालीकाभरी नै स्थलगत अनुगमन गरिने बताईएको छ ।


