बलात्कार आरोपित एमाले सांसद बानियाँ पक्राउ

कर्णालीदृष्टी संवाददाता १७ फाल्गुन २०७८, मंगलवार ०७:२१

काठमाडौँ । बलात्कार आरोपित नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । सांसद बानियाँलाई सोमबार साँझ नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको जिल्ला प्रह्री कार्यालय बाँकले जनाएको छ ।

सांसद बानियाँमाथि जुम्लाकी एक ४० वर्षीया शिक्षिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा गत माघ २७ गते उजुरी दर्ता भएको थियो ।

फागुन ४ गते जिल्ला अदालत बाँकेले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । उनी मुगुबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् ।

Next Post

आज महाशिवरात्रि, भगवान शिवको पूजा-आराधना गरी मनाइँदै

१७ फाल्गुन २०७८, मंगलवार ०७:२१
दैलेख । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । मध्यरातमा चतुर्दशी तिथि आज परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप […]