सुर्खेतमा मुख्यमन्त्री कप छनौटका लागि भलिबल प्रतियोगिता हुने ।।

कर्णालीदृष्टी संवाददाता १३ कार्तिक २०७८, शनिबार ०७:०६

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मुख्यमन्त्री कप छनौटका लागि जिल्ला स्तरिय भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । वीरेन्द्रनगरमा यहीँ कार्तिक १५ देखि १७ गतेसम्म सञ्चालन हुने जिल्लास्तरिय पुरुष र महिला भलिबल प्रतियोगितामा सञ्चालन हुन लागेको हो ।
प्रतियोगिताबारे जिल्ला खेलकुद विकास समिति सुर्खेतले शुक्रबार पत्रकार सम्मेलन गरेर छनौटको तयारी बारेमा जानकारी गराएको छ । प्रतियोगितामा सुर्खेतका नौ वटै पालिकाका खेलाडीहरुले सहभागीता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा सहभागी भएका मध्येबाट उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी मुख्यमन्त्री कपमा छनौट हुनेछन । मुख्यमन्त्री कप कर्णाली सरकारको आयोजनामा केही समय पछि संञ्चालन हुँदैछ । प्रतियोगिता संञ्चालन गर्न चारलाख बराबरको खर्च लाग्ने अनुमान गरिएको खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

Next Post

दैलेखमा एमालेको वडा अधिबेशन, अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन ।।

१३ कार्तिक २०७८, शनिबार ०७:०६
दैलेख । नेकपा एमाले दैलेखको शुक्रबारदेखी सूरु भएको वडा अबिधेसन जिल्लाका ११ पालिकाका ९० वटै वडामा एकैदिन सम्पन्न भएको छ । सबै वडामा उत्साहका साथ अधिवेशन सम्पन्न भएको र अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले जानकारी दिनुभयो । पार्टीले ९० वटै […]