दैलेखमा एमालेको वडा अधिबेशन, अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन ।।

कर्णालीदृष्टी संवाददाता १३ कार्तिक २०७८, शनिबार ०७:३५

दैलेख । नेकपा एमाले दैलेखको शुक्रबारदेखी सूरु भएको वडा अबिधेसन जिल्लाका ११ पालिकाका ९० वटै वडामा एकैदिन सम्पन्न भएको छ । सबै वडामा उत्साहका साथ अधिवेशन सम्पन्न भएको र अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले जानकारी दिनुभयो ।

पार्टीले ९० वटै वडामा निर्वाचनका लागि प्रतिनिधिहरू खटाएको थियो । दैलेखबाट १२ हजार संगठित सदस्यहरूले दैलेखको एमालेमा आबद्धताका लागि प्रक्रिया बढाएको र सोहीअनुसार वडा अधिवेशनहरू सम्पन्न भएको शर्माले बताउनुभयो ।

गत २०७४ को निर्वाचनमा करिब ६ हजार संगठित सदस्यता रहेको नेकपा एमालेमा १२ हजार संगठित सदस्यता पुगेपछि पार्टी विभाजनको कुनै पनि असर दैलेख एमालेमा नपरेको शर्माको भनाइ छ ।

सबै पालिकामा निर्वाचनलाई सफल पार्न गएका प्रतिनिधिहरूले सर्वसम्मत नेतृत्व चयन भएको जानकारी आएको बताईएको छ । यो समाचार तयार पार्दासम्म करिब ५० भन्दा बढी वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भइसकेको र आज (शनिबार सम्म ) सबै वडाहरुको विवरण प्राप्त हुने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

Next Post

सरकारले फेरि बढ्यो इन्धनको भाउ बढायो

१३ कार्तिक २०७८, शनिबार ०७:३५
काठमाण्डौ । सरकारले फेरि इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न भन्दै निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्य […]