दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने

कर्णालीदृष्टि संवाददाता १ जेष्ठ २०८१, मंगलवार १८:१८

सुर्खेत । सरकारले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार अपराह्न सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।

त्यसैगरी म्याग्नेसाईट, फोस्फोराईट, फलामलगायतका सम्भाव्य खानीहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गरी वातावरणीय अध्ययन कार्य अघि बढाइने पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको पनि राष्ट्रपति पौडेलले बताए ।

नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरी तीन वटै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिने पनि राष्ट्रपति पौडेलले बताए । राष्ट्रपति पौडेलले स्टार्टअप व्यवसायको विकास र प्रवर्द्धन गर्न प्राज्ञिक संस्थाहरुसँग कार्य गरिने पनि बताए ।

Next Post

आखाँको ज्योति गुमेपछी यस्तो जीवन के बाँच्नु जस्तो हुन्थ्यो,जब जौकला आँखा देख्ने भइन्

१ जेष्ठ २०८१, मंगलवार १८:१८
सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–८, सेपुखोलाकी जौकला बुढा (६०)को एक बर्षअघि दुबै आँखाको ज्योति गुम्यो । उनले बाहिर संसार नदेख्ने भइन् । शारिरिक रुपमा पुर्ण अशक्त उनको ज्योति गुमेपछि निकै पीडा भयो । चार बर्षअघि मात्र उनका हात र खुट्टा नचल्ने भएका थिए । पीडामाथि पीडा थपियो । आँखाको ज्योति गुमेपछि […]

सम्बन्धित समाचार