कक्षा १२ काे परिक्षाफल सार्वजनिक

कर्णालिदृष्टि सम्वाददाता १७ मंसिर २०७८, शुक्रबार ११:२५

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिनुभयो । शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।  यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ ।

त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।

परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।

Next Post

राप्रपाको नयाँ नेतृत्वको लागि आज चुनाव हुदै

१७ मंसिर २०७८, शुक्रबार ११:२५
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ । अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र […]