कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु

कर्णालीदृष्टी संवाददाता १४ कार्तिक २०७८, आईतवार ०८:३१

धनगढी । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । भजनी नगरपालिका(३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरवीन्द्र चौधरीको काँडा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

शनिबार नदीमा नुहाउने क्रममा उनीहरु डुबेका थिए । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनीहरुको शव बाहिर निकालेको थियो ।

Next Post

नेपाल मगर संघ दैलेखको जिल्ला स्तरीय अभियान सकियो, ११ वटै पालीकाहरुमा नयाँ कार्य समिती गठन ।।

१४ कार्तिक २०७८, आईतवार ०८:३१
दैलेख । नेपाल मगर संघ दैलेखको जिल्ला स्तरीय अभियान अन्र्तरगत दैलेखका ११ वटै स्थानीय तहमा पालीका स्तरीय अधिबेशन सम्पन्न भएकोे छ । दैलेख जिल्लाभरी रहेका मगर समुदायलाई अझै सशक्त बनाई अगाढी बढाउने उद्येश्यका साथ सूरु भएको जिल्ला स्तरीय अभियान अन्र्तरगत जिल्लामा रहेका सबै पालीकाहरुमा अधीबेशन गराई पालीका स्तरीय नयाँ कार्य […]