दैलेखमा जिप दुर्घटना, एक जनाको मृत्यु ६ जना घाइते

कर्णालिदृष्टि सम्वाददाता ३ फाल्गुन २०७८, मंगलवार २०:२३

दैलेख । दैलेखको महाबु गाउँपालिका वर्ड नं ४ फागुमा जिप दुर्घटनाम हुदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

मङ्गलबार सदरमुकाम दैलेखबजार देखि महाबु गाउपालिकाको कासिकध तर्फ जाँदै गरेको बागमती प्रदेश ०१०२६ च ५२६६ नम्बरको बोलेरो जिप साझ साढे छ बजेतिर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको गैडावाज प्रहरी चौकिका हवल्दार दिपेन्द्र सिंहले जानकारी दिनुभयो ।

उहाका अनुसार मृत्यु हुनेमा महाबु गाउँपालिका वडा नम्बर ५ गडिगाउ घर भई सोहि ठाउँमा रहेको शिव आधारभुत बिद्यालयका प्रध्यानाध्यापक ४० बर्षीय राम बहादुर हमाल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका अन्य ६ जनालाई थप उपचारको लगि जिल्ला अस्पताल दैलेखमा ल्याईएकोे छ । जीप अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Next Post

५७ हजार मात्रा कोरोना खोप खेर गएको छानबिन समितिको निष्कर्ष

३ फाल्गुन २०७८, मंगलवार २०:२३
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्धको खोप छानबिन समितिले ५६ हजार नौ सय आठ मात्रा खोप खेर गएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा. गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म ५६ हजार नौ सय आठ मात्रा खोप खेर गएको […]