डाेटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक वृद्धको ज्यान गयो

कर्णालीदृष्टी संवाददाता ३० चैत्र २०७८, बुधबार ०८:३५

डोटी – सेती नदीमा नुहाउने क्रममा डुबेर आज एकजना वृद्धको ज्यान गएको छ ।

डाेटीकाे प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पूजा गर्न आएका के आइसिंह गाउँपालिका–६ भिताडीका राम ताम्राकारको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोसीले जानकारी दिनुभयो ।

मंगलबार बिहान करिब १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

Next Post

दैलेखमा सत्ता गठबन्धनको सम्पर्क कार्यालय स्थापना

३० चैत्र २०७८, बुधबार ०८:३५
दैलेख । दैलेखमा सत्ता गठबन्धन दलहरुको सम्पर्क कार्यालय खुलेको छ । सत्ता गठबन्धनमा रहेको दलहरुको जिल्ला निर्वाचन सम्पर्क कार्यालय खुलेको हो । गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादीले संयुक्त रुपमा कार्यालय स्थापना गरेका हुन् । जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका–१ मा कार्यालय […]