सुर्खेतमा अटो दुर्घटना हुदा १ जनाको मृत्यु

कर्णालीदृष्टी संवाददाता २७ कार्तिक २०७८, शनिबार १६:४३

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ बाङ्गेसिमल चेक प्वाइन्टदेखि १ किलोमिटर अगाडि कर्णाली राजमार्गमा बिहान ११ बजेतिर अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

वीरेन्द्रनगरबाट गिरिघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँ साइडको कलभर्टमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १ की ४४ वर्षीया जमरा शाही रहेकी छन्।

घाइतेलाई बाङ्गेसिमलबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि कर्णाली केयर अस्पताल सुर्खेतमा पुर्‍याएको थियो। उपचारका क्रममा ४४ वर्षीया शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव अहिले कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ।

त्यस्तै घाइते हुनेहरूमा वीरेन्द्रनगरका ५३ वर्षका लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत् शाही रहेका छन्। उनीहरू दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। वीरेन्द्रनगर १ का २४ वर्षीय अटो चालक रमेश शाहीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ।

Next Post

नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव ।।

२७ कार्तिक २०७८, शनिबार १६:४३
काठमाण्डौ । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ । नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले आज सुझाव दिएको हो । भारतका प्रधानन्यायधिश एन भी रमण, न्यायाधिशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा भएको छ । […]