आज देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना, चिसो बढ्न थाल्यो ।

कर्णालीदृष्टी संवाददाता ९ कार्तिक २०७८, मंगलवार १०:०२

काठमाण्डौ । आज देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले देशका थोरै ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले बादल लागेको ठाउँको मौसम विस्तारै खुल्दै जानेछ । यस्तै राति पनि उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।

यसैबीच न्यूनतम तापक्रम घट्न थालेकाले चिसो बढ्न थालेको छ । महाशाखाका अनुसार अघिल्लो सोमबार १२ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जुम्लामा हिजोको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ ।

यस्तै अघिल्लो सोमबार १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जोमसोमको हिजोको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस र अघिल्लो सोमबार १५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको जीरीको हिजोको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । अब क्रमिक रुपमा तापक्रम घट्दै जाने भएकाले चिसो बढ्दै जानेछ ।

Next Post

सन् २०२० मा हरितगृह ग्यासको मात्रा हालसम्मकै उच्च अध्ययन ।।

९ कार्तिक २०७८, मंगलवार १०:०२
काठमाण्डौ । विश्वव्यापी रुपमा तापमान वृद्धिको कारक हरितगृह ग्यासको मात्रा गत वर्ष वायुमण्डलमा अहिलेसम्म कै उच्च विन्दुमा पुगेको देखिएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वका विभिन्न क्षेत्रमा भएको लकडाउनका बाबजुद वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अधिक भएको देखिएको हो । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको विश्व मौसम संगठनले हिजो जारी गरेको प्रतिवेदन […]