नेपाल बुद्धिजीवी संगठन दैलेखको अध्यक्षमा कृष्ण देवकोटा

कर्णालीदृष्टी संवाददाता २८ कार्तिक २०७८, आईतवार ०७:०४

दैलेख । नेपाल बुद्धिजीवी संगठन दैलेखको अध्यक्षमा कृष्ण देवकोटा चयन भएका छन । शनीबार दैलेखमा सम्पन्न संगठनको जिल्ला सम्मेलनबाट देवकोटाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिती चयन गरिएको हो ।

समितीको उपाध्यक्षमा बखत भण्डारी, सचिवमा कमल हमाल, सह सचिवमा लोकेन्द्र शाही र कोषाध्यक्षमा प्रमिला अधिकारी लगाएत ३५ सदस्यीय जिल्ला समिती चयन गरिएको बताईएको छ ।

यसैबिच सम्मेलनलाई सम्बोधन गर्दै नेपाल बुद्धिजीवी संगठन कर्णाली प्रदेशका संयोजक छवि सुवेदीले बुद्धिजीवी संगठन विचारको संगठन भएकोले वैचारिक रूपमा समाज परिवर्तनको लागि आवाज उठाउनु पर्ने बताएका छन ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सुवेदीले बुद्धिजीवीहरु प्रत्यक्षरूपमा जनताका सवालहरु संग जोडिनु पर्ने आवश्यक रहेको बताए ।


सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्र दैलेखका संयोजक प्रेम कटुवालले समाजको आमूल परिवर्तनको लागि बुद्धिजीवी हरुको महत्वपू्ण भूमिका हुने बताएका छन ।

नेपाल बुद्धिजीवी संगठन कर्णाली प्रदेश सह संयोजक वीर बहादुर शाहीले बुद्धिजीवीहरु विचारमा निपूर्ण र उत्पादनसँग जोडिनुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनमा वाईसीइल नेपालका केन्द्रीय सदस्य गोपाल विसी, राष्ट्रिय कर्मचारी संगठन दैलेखका अध्यक्ष जीत बहादुर खत्री, प्रेस सेन्टर नेपाल दैलेखका उपाध्यक्ष सर्वजित थापा मगर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

Next Post

राष्ट्रिय जनगणना २०७८ मा समाबेश हुदा मगरहरुले अनीवार्य मगर लेखौ

२८ कार्तिक २०७८, आईतवार ०७:०४
दैलेख । बिहीवारदेखि सुरू भएको राष्ट्रिय जनगणना २०७८ मा समाबेश हुदा मगरहरुले अनीवार्य रुपमा आफ्नो नामको पछाडी मगर लेखाउन नेपाल मगर संघ दैलेखले सम्पुर्ण मगर समुदायलाई आग्रह गरेको छ । नेपाल मगर संघ दैलेखका अध्यक्ष सर्वजित थापा मगरले कर्णालीदृष्टीसंग कुरा गर्दै मातृभाषा या पुर्खाको भाषामा –मगर ढुट÷मगर खाम या मगर […]