राष्ट्रिय जनगणना २०७८ मा समाबेश हुदा मगरहरुले अनीवार्य मगर लेखौ

खगेन्द्र राना मगर २८ कार्तिक २०७८, आईतवार ०८:१४

दैलेख । बिहीवारदेखि सुरू भएको राष्ट्रिय जनगणना २०७८ मा समाबेश हुदा मगरहरुले अनीवार्य रुपमा आफ्नो नामको पछाडी मगर लेखाउन नेपाल मगर संघ दैलेखले सम्पुर्ण मगर समुदायलाई आग्रह गरेको छ ।

नेपाल मगर संघ दैलेखका अध्यक्ष सर्वजित थापा मगरले कर्णालीदृष्टीसंग कुरा गर्दै मातृभाषा या पुर्खाको भाषामा –मगर ढुट÷मगर खाम या मगर काइके लेखाउन र धर्ममा– बुद्ध या प्रकृति लेखाउन पनि सबै मगरहरुमा अनुरोध गरेका छन ।

मगर जातीको जातीय, भाषीक, सास्कृतीक पहिचानलाई स्थापित गराउन र संबिधानमा व्यवस्था भएको मौलीक हकको संबोधन गर्न गराउन जनगणनाबाट आउने तथ्याङ्क महत्वपुर्ण हुने भएकाले अनीवार्य मगर लेखाउन मगर समुदायलाई आग्रह गरिएको थापाले बताए ।

हाल जनगणनाको कार्य चलीरहदा जनगणना सम्बन्धि धेरै प्रश्नहरु उठिरहेको र यसमा मगरहरुलाई सबैभन्दा अप्ठ्यारो रहेको मगर संघ दैलेखका अध्यक्ष थापाको भनाई छ । किनभने अशिक्षित मगरहरुले आफ्नो नाम सोध्दा आफ्नो पूरा नाम नभन्नु, गलत छ थापाले भने ।

यस्तै गणकहरुले पुरा विवरण नै नटीपेर आफ्नो मनोमानी रुपमा विवरण हरु भर्ने गरेको पाईएको भन्दै नेपाल मगर संघ दैलेखले सामाजीक संजालमार्फत आपत्ती समेत जनाएको छ ।

गणकहरु समुदायमा पुग्दा आधा बिवरण टिप्ने गरेको र आधा हामी आफै मिलायर लेख्छौ भनी हिड्ने गरेको पाईएकाले यसो गर्दा मगरहरुको सम्पुर्ण विवरण नआउने हुदा आपत्ती जनाएको हो ।

गणकहरु टोल टोलमा पुग्दा पुर्खाको भाषा या मातृभाषाको सन्दर्भमा मगर भाषा बोल्न आउँछ र ? भनेर गणकले अनावश्यक प्रश्न गर्ने अनि आउँदैन भनेपछि मगरको भाषा नेपाली लेखाउन दबाब दिनु के यो गणकको निष्पक्षता हो ? भनेर नेपाल मगर संघ दैलेखले प्रश्न समेत गरेको छ ।

गणकहरुले मातृभाषको कोड नम्बर समेत नलेख्ने हामी आफै लेख्छौ भन्ने गरेको गुनासो आईरहेको भन्दै नेपाल मगर संघ दैलेखले पुरा विवरण उल्लेख गर्नुपर्ने बताएको छ ।

त्यस्तै धर्मको बिषयमा सिधै हिन्दु लेखिदिने भन्दै जाति, भाषा र धर्म बदल्ने उद्वेश्यले जनगणना गरिएको जस्तो गर्न नहुने भन्दै यसमा गम्भीर रुपले सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने अन्यथा जनगणना बहिष्कार गर्न बाध्य हुने नेपाल मगर संघ दैलेखले चेतावनी दिएको छ ।

जनगणनामा यसरी सहभागी बनौ

Next Post

कर्णालीको मुख्य न्यायाधिवक्तामा धुव्रकुमार श्रेष्ठ नियुक्त

२८ कार्तिक २०७८, आईतवार ०८:१४
सुर्खेत । कर्णाली सरकारले मुख्य न्यायाधिवक्तामा नियुक्तीका लागि सिफारिस गरेका अधिवक्ता धुव्रकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाइ प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनियताको सपथ खुवाइएको हो । नेपालका संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाइ नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद […]