सुर्खेत रङ्गशालाको निर्माण कार्य शुरु

कर्णालीदृष्टी संवाददाता २१ मंसिर २०७८, मंगलवार ०७:१३

सुर्खेत । कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा सुर्खेत रङ्गशालाको निर्माण कार्य शुरु भएको छ । सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीले सो रङ्गशाला निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

रङ्गशाला निर्माण कार्य अघि बढाउन कर्णाली खेलकूद विकास परिषद् र निर्माण कम्पनी एमएसीजिएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौँ बीच यही कात्तिक अन्तिम साता सम्झौता भएको थियो ।

रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक ग्लोबल बा्ेलपत्र आह्वान गरेको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये एमएसीजिएसएल ज्वाइन्टभेन्चर छानिएको हो ।

रङ्गशाला शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।

खेलकूद परिषद् र निर्माण कम्पनीले एक–एक मिनेटको महत्व बुझेर कामलाई गति दिनुहुनेछ भन्ने विश्वास लिएको मुख्यामन्त्री शाहीले बताउनुभयो ।

शिलान्यास समारोहमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेशस्तरीय रङ्गशाला निर्माण हुनु सुर्खेतका लागि गौरवको विषय भएको बताउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश रङ्गशाला निर्माण गर्ने सरकारको योजनाले खेलकूदको विकासमा बहुआयामिक टेवा पुर्याउने धारणा राख्नुभयो ।

कर्णाली प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार रु एक अर्ब ५९ करोड ४७ लाख लागतमा निर्माण हुने रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको बनाइनेछ ।

रङ्गशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ । साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्र्याक बनाइनेछ । भिआइपी प्यारापिट तथा प्रतिक्षालय, निर्णायक, चेञ्जिङ तथा रिफ्रेस कोठा, मेडिकल, फिजियोथेरापी र मिडिया कोठा निर्माण गरिनेछ ।

अपाङ्गतामैत्री संरचना, हरियाली ल्याण्डस्केप र भूमिगत पार्किङ निर्माण गर्ने गरी रङ्गशालाको ढाँचा तयार गरिएको परिषद्ले जनाएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रङ्गशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड पनि निर्माण हुनेछन् ।

Next Post

युवा शशक्तीकरण परियोजनाद्धारा बिद्यार्थीहरुलाई बर्षरी सहयोग

२१ मंसिर २०७८, मंगलवार ०७:१३
दैलेख । किशोर किशोरी तथा युवा शशक्तीकरण परियोजनाले दैलेखका बिभीन्न बिद्यालयमा अध्यनरत छात्र छात्राहरुलाई बर्षरी सहयोग वितरण गरेको छ । बर्षरी सहयोग भन्नाले बर्षभरी पुग्ने छात्रबृत्री जनाउछ । एभरेष्ट क्लब दैलेखद्धारा सन्चालीत परियोजनाले सेभ द चिल्ड्रेनको सहयोगमा दैलेखको नारायण नगरपालीकाका ४ र दुल्लु नगरपालीकाका ४ वटा माध्यामीक बिद्यालयका बिद्यार्थीहरुलाई छनोट […]

सम्बन्धित समाचार