अत्यावश्यक काम बाहेक आवतजावतमा राेक।

कर्णाली दृष्टि संवाददाता दैलेख, ३ कार्तिक २०७७, सोमबार २१:०९

दैलेख : कोरोना भाइरसको महामारीबाट जोगिन दैलेख जिल्ला  प्रशासनले आवतजावतमा रोक लगाएको छ  । सदरमुकाम समेत रहेको नारायणसहित अन्य पालिकाहरुमा संक्रिय संक्रमितको संख्या बढ्दै गएपछि कोरोना संक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय दैलेखले थप नयाँ मापदण्ड लागु गरेको हो ।
स्थानीय कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आज बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले दैलेख बजारमा रहेको अत्यावश्यक बाहेकका पेशा व्यवसायहरु दैनिक विहान ७ बजेदेखि ११ बजेसम्म खुल्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

उनकाअनुसार यो नियम सरस्वती मावि तर्ताङ्गदेखी कलेलचौक, भैसेखोरसम्म लागु हुनेछ । तर इन्धन, औषधी पसल, खाद्यन्न, फलफूल, दुध डेरी र एग्रोभेट सञ्चालनमा भने समय तालिका लागू नहुने प्रजिअ सुनारको भनाई छ ।

कोरोनाको संक्रमण जिल्लास्थित सरकारी, संस्थान, संघसंस्था र बैँक तथा वित्तिय संस्थाका कर्मचारीहरुमा देखिएकाले आवश्यक जोखिमलाई मध्यनजर गर्दै मंगलबारदेखि अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु असोज १५ गतेसम्मका बन्द गर्ने केन्द्रले निर्णय समेत गरेको छ ।

‘दैलेख सदरमुकामको बजार क्षेत्रबाट जिल्लाका अन्य स्थानीय तह र अन्य स्थानीय तहबाट दैलेख बजारमा अत्यावश्यक काम बाहेक आवागमन राेक गर्ने समेत निर्णय गरेका छौं’ प्रजिअ सुनारले भने, ‘तर सार्वजनिक सवारी आवतजावतमा भने कुनै रोकावाट गरिने छैन् ।’ दैलेखमा हालसम्म कोराेना संक्रमितको कुल संख्या एक हजार दुई सय ५३ छ । योमध्य हालसम्म कोरोना जितेर एक हजार २० जना डिस्चार्ज भएका छन् ।एक सय २९ जना भने जिल्लाका विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । जिल्लामा हाल संक्रिय संक्रमितको संख्या ९९ जना रहेका  छन् ।

Next Post

कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउनू: शिक्षा मन्त्रालय

३ कार्तिक २०७७, सोमबार २१:०९
काठमाडौ : कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गर्नुपर्ने भएको छ। कक्षा ११ को पढाइ हुने देशभरका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि नयाँ पाठ्क्रम लागू गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्वीकृत पाठ्यक्रमअनुसार कक्षा ११ मा पठनपाठन गर्न मन्त्रालयले विद्यालयहरू […]