माघ १५ गतेदेखि ५ दिन विद्यालय खुल्ने, बालबालिकालाई काेराेनाविरुद्धकाे खाेप लगाइने

कर्णालीदृष्टी संवाददाता ११ माघ २०७८, मंगलवार १८:२४

काठमाण्डाै – विद्यार्थीहरूलाई  काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ । पालिका र स्वास्थ्य सस्थासँग समन्वय गरेर खोप लगाइने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारको छ । कोरोना सङ्क्रमण बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो ।

Next Post

स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

११ माघ २०७८, मंगलवार १८:२४
काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति छिटो तोक्न सरकारलाई आग्रह गरेको छ । आज पे्रस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो । २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा […]