कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१

कर्णाली दृष्टि संवादाता १८ बैशाख २०७८, शनिबार १९:३६

 

TOPSHOT – Bodies are moved to a refrigeration truck serving as a temporary morgue at Wyckoff Hospital in the Borough of Brooklyn on April 6, 2020 in New York. – New York Governor Andrew Cuomo on Monday extended a shutdown in the epicenter of America’s deadly coronavirus pandemic until near the end of the month. Cuomo said the COVID-19 death rate in New York was “effectively flat” for the past two days but announced that schools and non-essential businesses must stay shut until April 29. (Photo by Bryan R. Smith / AFP) (Photo by BRYAN R. SMITH/AFP via Getty Images)

सुर्खेत :कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट कर्णाली प्रदेशमा थप चारजनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सुर्खेतका दुई र सल्यानका दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

सूचना अधिकारी चौधरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की ३२ वर्षीया महिला र गुर्भाकोट नगरपालिका–१३ का ३५ वर्षीय पुरुषको शनिबार दिउँसो प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै शनिबार नै सल्यानको बागचौर नगरपालिका–२ का २६ वर्षीय पुरुष र रोल्पाको गंगादेव गाँउपालिका–३ की ४८ वर्षीया महिलाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

मृतक चारै जनाको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको निर्देशनालयले जनाएको छ । योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

Next Post

आउदो आर्थिक वर्षबाट श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ :प्रधानमन्त्री

१८ बैशाख २०७८, शनिबार १९:३६
काठमाडौंःप्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताएका छन् । मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/ ०७९ बाट न्यूनतम पारिश्रमिकको पुनरावलोकन भई मासिक १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने बताएका हुन् । […]