कर्णाली प्रदेश मन्त्रिपरिषद्को निर्णय, प्रदेश अस्पतालकाे निर्देशकमा थापा नियुक्त

कर्णालीदृष्टि संवाददाता ५ भाद्र २०८२, बिहीबार ११:५०

सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीलाई प्रदेश सचिवहरूको पदस्थापन तथा सरुवा गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूलाई आवश्यकतानुसार विभिन्न मन्त्रालयमा पदस्थापन गर्ने र सो सम्बन्धी जानकारी राजपत्रमा प्रकाशित गर्ने जिम्मेवारी मुख्यमन्त्रीलाई दिने निर्णय गरेको हो । यसअघि सचिवहरूको पदस्थापन मन्त्रिपरिषद्को निर्णयबाट मात्र हुने प्रावधान थियो ।

त्यसैगरी, बैठकले कृषि क्षेत्रमा उच्च मूल्यका उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुने ‘उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम’ को अस्थायी सांगठनिक संरचना स्वीकृत गरेको छ। नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, अन्तर्राष्ट्रिय कोष र एसियाली विकास बैंकको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत सुर्खेतमा मुख्य कार्यालय तथा जाजरकोट र जुम्लामा करिडोर कार्यक्रम स्थापना गरिने प्रवक्ता विनोद कुमार शाहले जानकारी दिए ।

त्यस्तै, बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. गणेश थापालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। उनी यसअघि निमित्त निर्देशकका रुपमा कार्यरत थिए ।

Next Post

कर्णालीमा सरकारी चिकित्सकलाई निजी स्वास्थ्य संस्थामा काम गर्न निषेध

५ भाद्र २०८२, बिहीबार ११:५०
सुर्खेत । कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पताल वा क्लिनिकमा काम नगर्न निर्देशन दिएको छ । कार्यालय समयमा सरकारी अस्पतालमै सेवा दिनुपर्नेमा निजी संस्थामा संलग्न भएको गुनासो बढेपछि सामाजिक विकास मन्त्रालयले यसबारे कडा निर्देशन जारी गरेको हो । मन्त्रालयका सचिव धोलकराज ढकालका अनुसार कार्यालय समयमा निजी […]