आज नर्सिङ दिवस मनाइँदै

कर्णालीदृष्टी संवाददाता १५ माघ २०७८, शनिबार १३:५४

काठमाण्डाै – आज नर्सिङ दिवस । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।

नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ । आजको दिन यो क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्दै आएका छन् । नेपालमा नर्सिङ पेसा व्यावसायिक बन्न सकिरहेको छैन । साथै नर्सहरु न्यून तलबमा काम गरिरहेका छन् ।

नेपालमा बर्सेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु स्वयम्सेवीका रुपमा काम गर्न बाध्य रहेका छन् । जसले गर्दा उनीहरुको पेसागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन ।

Next Post

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने पाँच दलीय गठबन्धनको निर्णय

१५ माघ २०७८, शनिबार १३:५४
काठमाण्डौ – पाँच दलीय सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको शनीबारको दोस्रो बैठकले आउँदो जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा […]