नेपालगन्ज विमानस्थलमा जहाज अवतरण गर्दा स्याल ठोक्कियो

कर्णालीदृष्टी संवाददाता ९ मंसिर २०७८, बिहीबार ०७:४९

नेपालगंन्ज । काठमाडौंबाट नेपालगन्ज आएको बुद्ध एअरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा स्यालसंग ठोक्किन पुगेको छ । बुधबार बेलुका जहाज अवतरणको क्रममा धावन मार्गमै स्याल ठोक्किएको हो ।

जहाजसंग ठोक्किएपछि स्याल भने मरेको छ । बुधबार बेलुका ७ बजेर ५ मिनेटमा अवतरण गर्ने क्रममा धावनमार्गमा स्याल ठोक्किएको नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज विमानस्थल प्रमुख सुभाष झाले बताउनुभयो ।

बुद्ध एअरको एटिआर ७२ जहाज अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला स्याल ठोक्किएको र सबै यात्रु सकुशल रहेको प्रमुख झाले बताउनुभयो ।

घटनापिछ धावनमार्गमा स्यालको शरीर टुक्राटुक्रा परेको अवस्थामा देखिएको छ । यससंगै जहाजको नोजल गेयरमा समस्या आएकाले चेकजाँच गर्न काठमाडौंबाट इन्जिनियरको टोली नेपालगन्ज आएको कार्यालयले जनाएको छ । घटनाको क्रममा जहाजमा सामान्य क्षति पुगेको बुद्ध एअरको नेपालगन्जका व्यवस्थापक विनित शाहले बताउनुभयो ।

Next Post

सडक नपुगेको रुकुमको सिस्नेमा सास्ती : हेलिकप्टरबाट ओसारियो उपकरण

९ मंसिर २०७८, बिहीबार ०७:४९
रुकुम । सिस्ने गाउँपालिका–१ सिस्नेमा निर्माणाधीन नेपाल टेलिकमको टावरका उपकरण र निर्माण सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । रुकुमकोटमा राखेका सामग्री हेलिकप्टरले मंगलबार ११ खेपमा सिस्ने पु¥याएको हो । टेलिकमको टावर बनाउने ठेक्का लिएको सिसिएसआई काठमाडौंले उपकरण र सामग्री ढुवानी गरेको हो । सिस्ने–१ को ठूलो सिस्ने डाँडामा निर्माण भइरहेको […]