सडक नपुगेको रुकुमको सिस्नेमा सास्ती : हेलिकप्टरबाट ओसारियो उपकरण

कर्णालीदृष्टी संवाददाता ९ मंसिर २०७८, बिहीबार ०७:५४

रुकुम । सिस्ने गाउँपालिका–१ सिस्नेमा निर्माणाधीन नेपाल टेलिकमको टावरका उपकरण र निर्माण सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । रुकुमकोटमा राखेका सामग्री हेलिकप्टरले मंगलबार ११ खेपमा सिस्ने पु¥याएको हो ।

टेलिकमको टावर बनाउने ठेक्का लिएको सिसिएसआई काठमाडौंले उपकरण र सामग्री ढुवानी गरेको हो । सिस्ने–१ को ठूलो सिस्ने डाँडामा निर्माण भइरहेको टेलिकम टावरको सामग्री मान्छेले ओसार्न नसकेकाले हेलिकप्टरबाट ढुवानी गरिएको वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । सडकको पहुँच नरहेकाले हेलिकप्टरबाट सामान ओसार्नु परेको उहाको भनाइ छ ।

टावर निर्माण अन्तिम चरणमा पुगिसकेको बुढाले जानकारी दिनुभयो । हेलिकप्टरले मंगलबार ओसारेको उपकरण जडान गरी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाले बताउनुभयो ।

निर्माण व्यवसायीलाई उदृत गर्दै उहाले बाँकी रहेका उपकरण जडान गरी अबको दुई सातामै सिस्ने–१ का वासिन्दाले सञ्चार सुविधा पाउने बताउनुभयो । सबै उपकरण तथा सामान ओसार्न नसक्दा लामो समयदेखि टावर निर्माण अलपत्र परेको थियो ।

सिस्ने–१ गाउँपालिकाकै सबैभन्दा विकट वडा हो । यो वडामा अहिलेसम्म पनि सडक, विद्युत्, सञ्चार सुविधा पुगेको छैन । यसले गर्दा विकास निर्माणका साथै सूचनाबाट समेत वञ्चित भइराखेको स्थानीय रजबहादुर बुढाले गुनासो गर्नुभयो ।

गएको सातामा पनि सिस्ने–१ वडाकै निर्माणाधीन विद्युत् आयोजनाको सामग्री पनि हेलिकप्टरबाटै ढुवानी गरिएको थियो ।

Next Post

भैरबी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने

९ मंसिर २०७८, बिहीबार ०७:५४
दैलेख । दैलेखको भैरबी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाले एमबिबिएस पढ्ने एक जना विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने भएको हो । गाउँपालिका क्षेत्रभित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई एमबिबिएस (मेडिकल अधिकृत) अध्ययनका लागि सम्पूर्ण भर्ना शुल्क तथा अध्ययन शुल्क रकमको ९० प्रतिशत रकम छात्रबृति स्वरुप प्रदान गर्ने गाउँपालिकाका प्रमुख […]