दैलेखमा बाल विवाह कसूरमा दुई जना पक्राउ

कर्णालीदृष्टी संवाददाता १२ माघ २०७८, बुधबार ०६:४८

दैलेख । दैलेखमा बाल विवाह सम्बन्धी कसुरमा दुई जना पक्राउ परेका छन् । प्रहरीले बाल विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

उहाका अनुसार पक्राउ पर्नेमा दुल्लु नगरपालिका वडा नं. ४ बस्ने दिनेश थापा र एक बालिका रहेका छन ।

पक्राउ परेका थापाले ती बालिकालाई माघ ८ गते ललाई फकाई प्रलोभनमा वारी बाल विवाह गरि घरमा ल्याई राखेको भन्ने जाहेरी परेकाले थप अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिईएको डीएसपी साहले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Next Post

राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान

१२ माघ २०७८, बुधबार ०६:४८
काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त १९ स्थानका लागि आज मतदान हुने भएको छ । बुधबार (आज) बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि सात प्रदेशका आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । मतदानका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नु पर्ने […]

सम्बन्धित समाचार