सल्यान । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्दुल लामा (कार्चेन) ले अमेरिकी सहयोग परियोजना एमसिसीको व्याख्यात्मक रूपमा पारित भएकाले यसको कार्यान्वयनमा कुनै समस्या नभएको बताउनुभएको छ ।
उहाले एमसिसीमा भएको शंका उपशंका मरिसकेकाले अब कार्यान्वयनमा कुनै समस्या नभएको र छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र दार्मा गाउँ समितिको आयोजनामा शनिबार सम्पन्न जनप्रशिक्षण सभामा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
‘एमसिसीबारे धेरै शंकास्पद बुँदा समावेश गरिएको थियो तर व्याख्यात्मक बुँदा समावेश गरेर पारित गरिएको छ’, उहाले भन्न्ुभयो । ‘एमसिसीबारे भएका गलत प्रवाधान छुट्याइएको छ, अब यसमा कुनै समस्या छैन, शंका पनि गर्नु हुँदैन ।
मन्त्री लामाले एमसिसीलाई जालो थापेर सत्ता गठबन्धनलाई विभाजन गर्ने ओलीको सपना तुहिएको समेत दावी गर्नुभयो ।