कांग्रेस अधिबेशन : दैलेख मतगणना अपडेट,घनश्याम भण्डारी ४६१,मणिराम रेग्मी ४८७ मत

कर्णालिदृष्टि सम्वाददाता १२ मंसिर २०७८, आईतवार १०:१७

दैलेख । नेपाली कांग्रेसको दैलेख जिल्ला कार्यसमिति चयनका लागि भएको निर्वाचनको अहिले मत गणना जारी छ । मत गणना जारी रहँदा मत परिणाम समेत सार्वजनिक भईरहेको छ ।
यो समाचार तयारपार्दा सम्मको ताजा मत परिणम अनूसार झण्डै १ हजार मत गणना हुँदा जिल्ला सभापतिका उम्मेदवार मणिराम रेग्मीले ४८७ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ । यस्तै सभापतिका अर्का प्रत्यासी घनश्याम भण्डारीले ४६१ मत पाप्त गर्नुभएको छ ।

नयाँ कार्यसमिति चयनका हिजो शनीबार भएको निर्वाचनमा कुल १ हजार ५ सय ९४ मध्ये १ हजार ५ सय ५९ मत खसेको थियो । दैलेख सदरमुकामको गणेशचोकस्थित गणेश मन्दिर परिषरमा रहेको योग भवनमा अहिले मतगणना भैरहेको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त भएको जिल्ला अधिवेशनमा जिल्ला कार्य समिति चयनका लागि संस्थापन ( सभापति शेरबहादुर देउवा पक्ष) र संस्थापन इतर ( बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

दैलेख जिल्लाको कांग्रेस सभापतिका लागि संस्थापन समुहका घनश्याम भण्डारी र सस्थापनईतर समुहका मणिराम रेग्मी मैदानमा छन् ।

Next Post

नेपाली कांग्रेस दैलेखको सभापतिमा मणीराम रेग्मी निर्वाचित (मतपरिणम सहित)

१२ मंसिर २०७८, आईतवार १०:१७
दैलेख । नेपाली कांग्रेस दैलेखको जिल्ला पार्टी सभापतिमा मणीराम रेग्मी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको १४ औ महनधीबेशन अन्र्तरगत दैलेखको जिल्ला कार्यसमिती चयनका लागी हिजो शनीबार मतादान भएको थियो । हिजै साझदेखी सूरु भएको मतगणनाको आज सार्वजनीक गरिएको अन्तीम परिणाम अनुसार सस्थापन ईतर (पौडेल) समुहबाट सभापतिका उम्मेद्वार बनेका रेग्मी […]

सम्बन्धित समाचार