नागरीकको सुरक्षाको लागी प्रहरीको भुमीका महत्वपुर्ण छ: डिएसपी साह

कर्णालीदृष्टी संवाददाता १३ मंसिर २०७८, सोमबार १८:३४

दैलेख। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले नागरिकको सुरक्षाको लागी प्रहरीको भुमिका महत्वपुर्ण रहने बताउनुभएको छ ।

नेपाल राष्टिय माध्यमिक बिद्यालय नारायण नगरपालिका ३ कालिकाटीमा आज (सोमबार) आयोजना गरिएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तरगत कार्यक्रममा बोल्दै प्रहरी प्रमुख साहले शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागु पदार्थ ओसारपसार, मानव बेचविखन, लैगिंक हिंसा नियन्त्रणमा प्रहरीले प्रहरीकोे महत्वपुर्ण भूमिका हुने बताउनुभएको छ ।

बोल्नको लागी शक्ती नभई आँट हुनुपर्नेमा जोड दिदै डिएसपी साहले लैङ्गिक हिंसा, दुव्यवहार, महिला विरूद्घ हुने सम्पूर्ण हिंसा अन्त्य गर्न सबैले आवज उठाएमा मात्र सम्भव हुने बताउनुभयो ।

हिंसा विरुद्धको १६ दिने अभियान बिहीबारदेखि शुरु भएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो बर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु गरिएको हो । हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने यो दिवस दैलेखमा पनि बिभिन्न कार्यक्रमहरु गर्ने क्रम जारी छ ।

बिभीन्न संघ सस्थाहरुको सहयोग तथा सहकार्यमा जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा गरिएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, बिभीन्न संघ संस्थाका प्रतिीनिधी, पत्रकार मानव अधिकारकर्मी, महिला अधिकर्मीहरुको सहभागिता रहेको थियो ।

Next Post

एमाले महाधिवेशन : नेतृत्व छान्न मतदान सुरु

१३ मंसिर २०७८, सोमबार १८:३४
चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व छान्न अहिले मतदान भइरहेको छ । सोमवार राति केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि अहिले मतदान भइरहेको हो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन ढिला भएपछि मतदानको समय मङ्गलवार बिहान २ बजेदेखि ८ बजेसम्म सरेको निर्वाचन समितिले जनाएको छ । […]