सुर्खेत विमानस्थल २५ दिनपछि सुचारु

कर्णालीदृष्टी संवाददाता ७ पुष २०७८, बुधबार ०६:४६

सुर्खेत — गत मंसिर १० गतेदेखि बन्द रहेको सुर्खेत विमानस्थल २५ दिनपछि मंगलबारबाट सुचारु भएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि विमानस्थल सुचारु गरिएको हो ।

विमानस्थल सञ्चालन हुने भएपछि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको थियो ।

नेपालगन्जमा दैनिक ५ उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द रहेका बेला दैनिक ६ उडान भर्थ्यो । मर्मतको समयमा पनि सुर्खेत विमानस्थलबाट हेलिकोप्टरको उडान भने नियमित भइरहेको थियो ।

नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार विमानस्थलमा धावनमार्ग ओभरले गर्ने काम सम्पन्न भएको छ । सुर्खेतबाट कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, डोल्पा, मुगुलगायतमा पनि नियमित उडान सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

Next Post

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

७ पुष २०७८, बुधबार ०६:४६
काठमाडौँ । राष्ट्रिय सभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सम्बन्धित जिल्ला न्यायाधीशलाई विभिन्न जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का […]