राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु द्वारा दैलेखमा राँके जुलुस प्रदर्शन

पुष्कर खड्का २ भाद्र २०७८, बुधबार १८:०६

 

दैलेख – राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु ले दैलेखमा राँके जुलुस प्रदर्शन गरेको छ । दैलेख जिल्ला सदरमुकाम मा राजनीतिक दलसम्बन्धी अध्यादेश विरुद्ध राँके जुलुस निकालेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राजनितिक दलसम्बन्धी अध्यादेश गर्नुपर्ने र पार्टी फुटाउन नपाइने भन्दै आन्दोलन गरेको रास्ट्रिय युवा सँघ नेपाल का केन्द्रिय सचिव चन्द्र दाहालले बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले जनघाति अध्यादेश खारेज गर , बिदेशमा अलपत्र नागरिकलाई उद्वार गर, जयसिँह धामिलाई न्याय दे , बिदेशि दलालहरु होशियार जस्ता विविध नारा हरुको साथ राँके जुलुस प्रदर्शन गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ। । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Next Post

एमाले समाजवादी पार्टीमा कर्णाली प्रदेशबाट ७ केन्द्रीय सदस्य

२ भाद्र २०७८, बुधबार १८:०६
सुर्खेत – एमाले समाजवादी पार्टीमा कर्णाली प्रदेशबाट ७ जना केन्द्रीय सदस्य छनौट भएका छन । नेकपा एमाले प्रदेश सभा सदस्य एवम् सामाजिक विकास समितिकी अध्यक्ष देवी ओली पनि माधव नेपालको नेतृत्वमा गठित नयाँ पार्टीको केन्द्रीय कमिटीको सदस्यमा चयन भएकी छिन् । उनले वैशाख ३ गते माओवादीको संसदीय दलका नेता महेन्द्रबहादुर […]