काँग्रेस संसदीय दलका नेता शाही भन्छन, कार्तिक १५ पछि कर्णालीको मुख्यमन्त्री म नै हो

कर्णालीदृष्टी संवाददाता १० कार्तिक २०७८, बुधबार ०८:२६

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका छन् ।

उनले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गरेका हुन् । गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरे ।

केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली काँग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला शाहीले भने माओवादीबाट धोका हुँदैन भन्ने विश्वासमा रहेको बताएका छन ।

नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम आउने बताए । सम्झौताको समय आउन अझै बाँकी नै रहेकाले हतार नगरेको उनको भनाई छ ।

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसको सहयोग लिएका थिए ।

विश्वासको मत लिँदै गर्दा उनले काँग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो । मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको बताए ।

Next Post

नारायण बहुमुखी क्याम्पसको नया भवनको शिलान्यास ।।

१० कार्तिक २०७८, बुधबार ०८:२६
दैलेख । नारायण बहुमुखी क्याम्पस दैलेखको नया भवनको शिलान्यास गरिएको छ । क्याम्पसमा आज आयोजित एक कार्यक्रमका बिच मध्यपश्चिमाञ्चल बिस्वबिद्यालयका सिनेट सदस्य एवंम नारायण नगरपालीका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले भवनको शिल्यान्यास गर्नुभएको हो । बिश्वविद्यालय अनुदान आयोग तथा मध्यपश्चिम बिश्वबिद्यालयबाट प्राप्त अनुदानबाट कुल रकम ८० लाख मध्ये टेन्डर […]