राप्रपाको नयाँ नेतृत्वको लागि आज चुनाव हुदै

कर्णालीदृष्टी संवाददाता १८ मंसिर २०७८, शनिबार ०८:१३

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ ।

अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ ।

आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका छ । अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । राप्रपामा उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था छ ।

चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलो पटक महाधिवेशन भइरहेको हो । काठमाण्डौमा भइरहेको महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

Next Post

कांग्रेस महाधिवेशन: प्रदेश समिति नेतृत्वको लागि आज चुनाव हुदै

१८ मंसिर २०७८, शनिबार ०८:१३
काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज चुनाव हुँदैछ । प्रदेश-२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । प्रदेश नेतृत्वको लागि विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । […]