कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कर्णालीदृष्टी संवाददाता २७ माघ २०७८, बिहीबार ०८:५३

काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

आजको बैठकमा स्थानीय तहको चुनाव केन्द्रित छलफल गर्ने र केही निर्णय गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

स्थानीय तह चुनावमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रीय कार्य सम्पादन समितिको बैठकको एजेण्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेण्डा पनि राखिएको उहाँले बताउनुभयो ।

Next Post

५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खाेप ल्याउँदैछाैँ : मन्त्री खतिवडा

२७ माघ २०७८, बिहीबार ०८:५३
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताउनुभएको छ । बुधवार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विद्यार्थीहरूलाई चाँडो कोरोनाविरुद्धको खोप लगाउन र विपन्नहरूको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो […]

सम्बन्धित समाचार