२४ घण्टामा दुई सय ६४ जनामा काेराेना पुष्टि, दुई लाख ३६ हजार जनाले खोप लगाए

कर्णालीदृष्टी संवाददाता २८ मंसिर २०७८, मंगलवार १८:१८

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार सात सय नौ जनाको नमुना परीक्षण गर्दा दुई सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख सात हजार पाँच सय १६ पुगेको छ ।

यही अवधिमा दुई जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५९ पुगेको छ ।

अहिले नेपालमा पाँच हजार ६ सय ८९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ३६ हजार चार सय ८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ९३ लाख ६५ हजार नौ सय १५ जनाले पूर्ण मात्रा र एक करोड १६ लाख २९ हजार ६ सय २१ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

Next Post

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

२८ मंसिर २०७८, मंगलवार १८:१८
काठमाण्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ ।  मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उहाँ दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित हुनुभएको थियो ।  देउवाले २ […]