आईपीएलमा हैदराबादले राजस्थानलाई हरायो ।।

कर्णालीदृष्टी संवाददाता १२ आश्विन २०७८, मंगलवार ०७:४४

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ ।

दुबईमा गएराति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो । यो जितसँगै हैदराबादले आईपीएलमा दोस्रो जित निकालेको छ । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

हैदराबादका जासन रोय र केन विलियम्सनले अर्धशतकीय पारी खेले । रोयले ६० रन तथा कप्तान विलियम्सनले अविजित ५१ रन जोडे । राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक÷एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । राजस्थानका कप्तान सञ्जु सामसनले ८२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । हैदराबादका सिद्धार्थ कउलले दुई विकेट लिए ।

अङ्कतालिकामा पुछारमा रहेको हैदराबादको १० खेलमा ४ अङ्क छ । समान खेलमा ८ अङ्क जोडेर राजस्थान छैटौं स्थानमा छ ।

Next Post

कर्णलीका बालवालीकाहरु मानव बेचबिखन तथा ओसारपसारको जोखिममै ।।

१२ आश्विन २०७८, मंगलवार ०७:४४
सुर्खेत । कर्णालीका बालबालिका मानव बेचबिखन तथा ओसारपसारको जोखिममा छन् । प्रदेशका सबैजसो जिल्लाबाट बालबालिकाको बेचबिखन तथा ओसारपसार हुने गरेको हो । बालबालिकाको कमजोर पारिवारिक स्थितिको फाइदा उठाउँदै अनेक प्रलोभनमा पारी काठमाडौं, पोखरालगायतका सहरहरूमा लैजाने गरिएको छ । बालबालिकालाई यसरी गाउँबाट सहरसम्म लिन गिरोहहरू नै संलग्न छन् । प्रदेश प्रहरी […]