दैलेखकी एक सुत्केरी महिलाको हेलीकप्टरमार्फत उद्धार

कर्णालीदृष्टी संवाददाता २१ मंसिर २०७८, मंगलवार ०६:५०

दैलेख । दैलेखको ठाँटीकाधकी एक सुत्केरी महिललाई हेलीकप्टर मार्फत उद्धार गरिएको छ ।

सोमबार ठाटीकाध गाउपालीका वडा नम्बर ४ की २९ बर्षीया झुप्री शाहीलाई अत्याधिक रक्तश्राव भएपछि नेपाली सेनाको हेलीकप्टरमार्फत उद्धार गरी उपचारका लागी सुर्खेत लगीएको हो ।

सोमबार बिहान देखि नै सुत्केरी व्यथा लागकी शाहीलाई गाउँपालिकामा रहेको स्थानिय स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो ।

सस्थ्य चौकीमा पहिलो बच्चा जन्मे पनि पेटमा अर्को बच्चा भएकाले शाहीको उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको ठाटिकाँध गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमेश बहादुर सिजापतिले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी शाहीको उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

अत्यधिक रक्तस्राव भएपछि स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेपछि शाहीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत क्षेत्रीय अस्पताल लगिएको हो ।

Next Post

सल्यानका बालविकास शिक्षकले बढेको तलब पाएनन्

२१ मंसिर २०७८, मंगलवार ०६:५०
सल्यान । सरकारले चालु आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकको तलब ६ हजारबाट बढाएर १५ हजार रुपैयाँ पु¥यायो । तर ती शिक्षकहरूले बढेको तलब पाउन सकेका छैनन । बजेटको अभाव देखाउँदै स्थानीय तहले बढेको तलब नदिएपछि उनीहरू मासिक ६ हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएका हुन । सरकारले अहिले उनीहरूले […]