भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

कर्णालीदृष्टी संवाददाता १५ कार्तिक २०७८, सोमबार १४:१६

काठमाण्डौ । यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ ।

उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उहाँको भनाइ छ । शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्न उहाँको सुझाव पनि छ ।

यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालिको तिहार बुधबारदेखी सुरु सुरु हुँदैछ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।

बुधबार बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

Next Post

बेलुकी ९ बजे भन्दा पछाडी देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय दैलेखको आग्रह ।।

१५ कार्तिक २०७८, सोमबार १४:१६
दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले यस बर्षको तिहार पर्वको अवसरमा खेलीने देउसी र भैलो बेलुकी ९ बजे भन्दा पछाडीको समयमा नखेल्न आग्रह गरेको छ । सोमबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखले तिहारको बेला खेलीने देउसी भैलो जस्ता मनोरन्जनात्मक कार्यक्रमहरु राती ९ बजेभन्दा पछाडीको समयमा नगर्न आग्रह […]