स्वर्गीय बुवाआमाको सम्झनामा कार्की परिवारद्धारा अक्षय कोष स्थापना ।।

कर्णालीदृष्टी संवाददाता १४ आश्विन २०७८, बिहीबार ०७:१९

दैलेख । जिल्लाको भैरवी गाउपालीका वडा नम्बर १ रातकोटका एक परिवारले आफ्नो स्वर्गीय बुवाआमाको सम्झानामा एक बिद्यालयमा अक्षय कोष स्थापना गरेका छन् ।

दैलेखको भैरवी गाउँपालिका १ रावतकोटका योगेन्द्रलाल कार्की र खगेन्द्रबहादुर कार्कीले सोही ठाउमा रहेकोे पञ्चदेवल माध्यमिक विद्यालयमा महालक्ष्मी स्मृति छात्रवृत्ति अक्षय कोषको स्थापना गर्नुभएको हो ।

स्वर्गीय बुवा महारुप कार्कीको पुण्य तिथीको अवसरमा पिता महारुप कार्की र आमा लक्ष्मी कार्कीको सम्झानामा अक्षय कोष स्थापना गरिएको छोराद्वय योगेन्द्रलाल कार्की र खगेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

 

उहाहरुले हरुले कुुल पाँच लाख एक हजार १ सय ११ रुपैयाँको अक्षय कोषका लागि विद्यालयलाई रकम प्रदान गर्नुभएको हो ।
रावतकोटमा रहेको पञ्चदेवल माध्यामीक बिद्यालयमै अध्ययन गर्नुभएका उहाहरुले सकरात्मक सोचका साथ आफुहरुले बुवाआमाको सम्झनामा अक्षय कोष स्थापना गरेको जानकारी दिनुभयो ।

कोषमा जम्मा गरीएको रकममध्ये प्राप्त हुने ब्याजबाट कक्षा ६ देखी १२ सम्म अध्ययन गर्ने १४ जना विद्यार्थीहरुलाई पुरस्कार स्वरुप रकम प्रादन गरिने बताईएको छ ।

बिद्यालयका सात ओटा कक्षाका प्रति कक्षामा अध्ययनरत एक छात्र र एक छात्रालाई वार्षिक रुपमा उक्त पुरस्कार दिइने छ ।
बुधबार एक कार्यक्रमका बिच कार्कीका दुवै भाईले अक्षय कोषका लागि दिएको चेक पञ्चदेवल माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमप्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन ।

Next Post

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै ।।

१४ आश्विन २०७८, बिहीबार ०७:१९
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको […]