लागु औषध सहित दैलेखमा तीन जना पक्राउ

कर्णालीदृष्टी संवाददाता २२ मंसिर २०७८, बुधबार ०६:५७

दैलेख। दैलेखमा लागु औषध सहित ३ जना पक्राउ परेका छन् । लागु औषधको कारोबारो भईरहेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनिहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले दैलेखकोे नारायण नगरपालिका वडा नं. १ पुरानो बसपार्कबाट सोमवार राती साढे ११ बजे बर्दियाको साबिक बेलवा–७ हाल बासँगढी नगरपालिका वडा नं.२ बस्ने २६ बर्षिय बिक्रम मल्ल, बाँके कोहलपुर नगरपालिका वडा नं. १० हाईस्कुल चोक बस्ने २३ बर्षिय गणेश के.सी र २६ बर्षिय हेमन्त साँउदलाई नियन्त्रणमा लिएको थियो ।

उनिहरुको साथबाट खैरो हेरोईन जस्तो देखीने धुलो ६९० एमजि लगाएत अन्य सामानहरू फेला परेको दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद शाहले बताउनुभयो ।

पक्राउ परेकाहरुमाथी थप अनुसन्धानको लागी १० दिन म्याद थपी हिरासतमा राखेर अनुसन्धान थालेको डीएसपी शाहले जानकारी दिनुभयो ।

Next Post

आठबीसकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

२२ मंसिर २०७८, बुधबार ०६:५७
दैलेख । दैलेखबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आठबीस नगरपालिका वडा नम्बर ६ बाजकाटियाकी २७ बर्षीया सृजना रोका मगरलाई उद्धार गरिएको हो । स्थानीय स्वास्थ्य चौकी सिंहासैनमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरद्वारा उहालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको हो । उहालाई नेपाली सेनाको हेलिकप्टरमा कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली […]