आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखद्धारा बिद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा

कर्णालीदृष्टी संवाददाता २४ मंसिर २०७८, शुक्रबार ०७:३२

दैलेख । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जिल्लाका बिभीन्न बिद्यालयमा अध्यनरत विद्यार्थिलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरेको छ ।

माध्यामिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई आयुर्वेद सम्वन्धि ज्ञान दिन कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कार्यक्रम अनुसार जिल्लाका ३ वटा बिद्यालयमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम गरेको हो ।

मंसिर १८ गतेबाट सुरु भएको कार्यक्रम १९ गते जयदेवी माध्यमिक विद्यालय दुल्लु, २१ गते पंचकोशी ज्वाला माध्यमिक विद्यालय गमौडी र २३ गते रेडक्रस माध्यमिक विद्यालय भूर्तिमा कार्यक्रम गरी आयुर्वेद शिक्षा सम्बन्धी जानकारी गराईएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख रामप्रसाद महत्तोले जानकारी दिनुभयो ।

तिन वटा विद्यालयका करीव २५० जना विद्यार्थीहरुलाई आयुर्वेदको परिचय, आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडिवुटीबारेमा जानकारी, दिनचर्या र रात्रिचर्या, ऋतुचर्या, आहार शैली र आयुर्वेदीय जीवनशैली तथा जडीबुटीको बारेमा जानकारी गराईएको स्वास्थ्य केन्द्र दैलेखका डा. प्रज्ञा उपाध्यायले जानकारी दिनुभयो ।

Next Post

'ए' डिभिजन लिग फुटबलमा आज चौथो चरणका दुई खेल हुँदै

२४ मंसिर २०७८, शुक्रबार ०७:३२
काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज चौथो चरणका दुई खेल हुँदैछन् । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् । ३ खेलमा अपराजित रहेको मनाङ ७ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । ३ खेलमा दुई अङ्क जोडेको […]