कर्णालीमा २५ अर्ब रुपैयाँ विद्युतमा खर्च हुँदै

कर्णालीदृष्टी संवाददाता ३० फाल्गुन २०७८, सोमबार ०७:३४

सुर्खेत । नेपाल विद्युत प्राधिकरणले विभिन्न बैंकहरु ऋण लिएर कर्णालीमा विद्युतीकरणमा २५ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले कर्णालमिा सतप्रतिशत विद्युतीकरणका लागि २५ अर्ब रुपैयाँ खर्च गर्न लागेको जानकारी दिनुभएको हो ।

प्रमुख कार्यकारी अधिकृत घिसिङले कर्णालीसंग जोडिएका सुदूरपश्चिम प्रदेशको केही जिल्ला र पूरै कर्णालीका घरघरमा उज्यालो पु¥याउन बैंकहरुसंग ०.०१ प्रतिशत ब्याजमा २५ अर्ब ऋण पास भएको र छिट्टै विद्युत विस्तारका लागि आयोजना बनाएर काम गर्ने जानकारी दिनुभएको छ ।

आयोजनाबाट कर्णालीमा सतप्रतिशत घरधुरीमा विद्युतीकरण गर्ने लक्ष्य रहेकाले अव विद्युतको राजनीति केही वर्षमा समाप्त गर्ने घिसिङले उद्घोष गर्नुभयो । निकुञ्ज, राष्ट्रिय र सामुदायिक वनका कारण विद्युतीकरणमा ढिलाई भएको छ ।

‘जंगलका कारण विद्युत समयमै पु¥याउन सकिएको छैन’ प्रमुख कार्यकारी अधिकृत घिसिङले भन्नुभयो ‘सुर्खेत र दैलेखका धेरै भागमा जग्गा अधिग्रहणका कामहरु भईरहेका छन । केही वर्षभित्र सुर्खेतमा १ सय ३२ केभि लाइन आउँछ ।’

नेपाल विद्युत प्राधिकरणले चार वर्षभित्र जुम्लासम्म १ सय ३२ केभि क्षमताको लाइन जोड्ने आयोजना तयारी गरिरहेको जानकारी दिएको हो । २ देखि ३ वर्षमा कोहलपुर–सुर्खेतदेखि दैलेखसम्म पुग्ने गरी काम भईरहेकोले चार वर्षमा जुम्लासम्म १ सय ३२ केभि लाइन जोडिने प्राधिकरणले जनाएको हो ।

सडक, विद्युत नपुगेसम्म ठूलो आयोजनाहरु नआउने तर, अब सडक विद्युत कर्णालीमा पुगेसंगै कर्णाली, तिलासंगै अन्य नदी, खोलाबाट विद्युत निकाल्न लगानीकर्ताहरुको होड्बाजी नै हुने घिसिङको भनाइ छ ।

कर्णालीमा २५ प्रतिशतबाट अहिले ४५ प्रतिशत घरधुरीले ग्रीडबाट विद्युत पाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Next Post

दैलेखमा ६१ जनालाई सहकारी लेखा व्यवस्थापन तथा सहकारी नेतृत्व विकास तालीम

३० फाल्गुन २०७८, सोमबार ०७:३४
दैलेख । दैलेखका ६१ वटा सहकारी सस्थाका सदस्य तथा पदाधीकारीहरुलाई सहकारी लेखा व्यवस्थापन तथा सहकारी नेतृत्व विकास तालीम प्रदान गरिएको छ । राष्टिय सहकारी महासंघ नेपालको आयोजना तथा जिल्ला सहकारी संघ दैलेख को समन्वयमा जिल्लामा रहेका सहकारी मध्ये ३१ वटा सहकारीका सदस्यहरुलाई सहकारी लेखा व्यवस्थापन र ३० वटा सहकारी सस्थाका […]