कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता

कर्णालीदृष्टी संवाददाता २५ मंसिर २०७८, शनिबार ०७:२३

काठमाण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँदै छ । आज बिहान १० बजे देखि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ । आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुने छ ।

नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ । सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने छ ।

केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन ।

Next Post

नेपाली काँग्रेस सभापतिको लागि ६ जनाको उम्मेद्वारी दर्ताः सिंह र कोइराला फरक फरक प्यानलमा

२५ मंसिर २०७८, शनिबार ०७:२३
काठमाण्डौ । काँग्रेस महाधिवेशनमा उम्मेद्वारी दिने क्रम सुरू भएको छ । सभापति पदको लागि काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेद्वारी दिनुभएको छ । देउवाको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा डा. […]