गोठपाडा कृषक सहकारी सस्थाकोे १५ औ बार्षीक साधारण सभा सम्पन्न

खगेन्द्र राना मगर १२ मंसिर २०७८, आईतवार ०७:२७

दैलेख । गोठपाडा कृषक सहकारी सस्था लिमीटेड दैलेखको १५ औ बार्षीक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार दैलेख सदरमुकाममा आयोजित साधारण सभामा सहकारीले बार्षीक प्रतिबेदन प्रस्तुत गर्दै यो बर्ष कुल १४ करोड ९१ लाख ३६ हजार ५ सय ८८ रुपैयाको कारोवार गरेको जानकारी गराईएको छ ।

सहकारीले बचत निक्षेपतर्फ १४ लाख ३२ हजारबाट बृद्धी गरी ४ करोड १३ लाख ४२ हजार पु्र्याएको प्रतिबेदनमा उल्लेख गरिएको छ । यस्तै कर्जा लगानीतर्फ १३ लाख ८५ हजार बाट बृद्धी गरी ६ करोड ११ लाख ५६ हजार पूर्याईएको प्रतिबेदनमा उल्लेख छ ।

आयोजित साधारणा सभामा बार्षीक प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष मुना कुमारी थापाले सस्थाले आगामी बर्षमा कोरोना माहामारीका कारण सेयर सदस्यहरुको व्यवसायमा परेको प्रभावलाई पुनःकर्जा, कर्जा नवीकरण लगाएतका कार्यक्रमहरु समेत सन्चालन गर्ने जानकारी दिनुभयो ।

सहकारीले आगामी आर्थीक बर्षमा झण्डै २ सय सेयर सदस्यहरुलाई सहकारी शिक्षा,३० जना सेयर सदस्यहरुलाई व्यवसायीक तालीम, ५० जना सदस्यहलाई लेखा समुह तालीम र ३० जना सेयर सदस्यलाइ अन्र्तर जिल्ला सहकारी अवलोकन गर्ने निती लिएको छ ।

२०६२ साल फागून २२ गते डिभीजन सहकारी कार्यालय कैलालीमा दर्ता भई सन्चालनमा रहेको गोठपाडा सहकारी सस्थामा हाल १४२ जना (खुत्रुके) बाहेक कुल १ हजार ६२ जना सेयर सदस्यहरु रहेका छन ।

सहकारीले आर्थीक बर्ष २०७८÷ ७९ मा ४० प्रतिशत सदस्यतामा बृद्धी, ६० प्रतिशत शेयरमा बृद्धी ४० प्रतिशत निक्षेप संकलन र ४८ प्रतिशत कर्जा लगानी बृद्धी हुने अनुमान गरेको छ ।

यस्तै सरकारको कर निती, सहकारी एैन र अन्य नितीगत व्यवस्थाहरु यथावत रहने हपेक्षा गरिएको छ भने कार्यरत कर्मचारीहरुको तलब भत्ता १५ प्रतिशतले बृद्धीगर्ने अनुमान गरिएको छ ।

बार्षीक प्रगती प्रतिबेदनमा उल्लेख गरिए अनुसार सञ्चालन बचत (नाफा) ३० प्रतिशतले बृद्धी गर्ने प्रक्षेपण गरिएको छ भने सस्थागत उत्तरदायीत्व तर्फको कार्यक्रमहरुमा सदस्यहरुको व्यापक सहभागीता रहने अपेक्षा गर्नुका साथै सस्थाले प्रदान गर्ने निक्षेप तथा कर्जा सापटीको व्याजदरमा सामान्य हेरफेर बाहेक अनपेक्षीत घटबड नहुने विश्वास लिईएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बिभीन्न बिधामा ६ जना सम्मानीत ।।

यसैबिच सस्थाले उत्कृष्ठ कार्य गरेको भन्दै बिभीन्न शिर्षकमा ६ जनालाई सम्मान गरेको छ ।

आयोजित साधारण सभामा सस्थामा आवद्ध भई उत्कृष्ट बचत कर्ताहरुमध्येबाट शर्मीला तारामी चालीसे र नियमित कारोवार कर्ताहरु मध्येबाट हस्त बहादूर केसीलाई सम्मान गरेको छ ।

यस्तै जेष्ठ सदस्यहरु मध्येबाट धनीराम जैसी, सहकारी मैत्री निकायहरु वा सहकारी कर्मीहरु तथा सञ्चारकर्मीहरु मध्येबाट उदयराज अधिकारीलाई सस्थाले सम्मान गरेको छ, अधिकारी धमाका राष्ट्रिय दैनीक र थाहा खबर र ध्रुबतारा एफएममा कार्यरत पत्रकार हुनुहुन्छ ।

यसैगरी बालबालीका मैत्री सचेत अभिभावकहरु मध्येबाट डिल कुमारी रेग्मी र उत्कृष्ट कर्मचारीहरु मध्येबाट भेटेरीनरी प्राबिधीक देवेन्द्र शर्मालाई सम्मान गरेको हो ।

,

Next Post

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ जना घाइते

१२ मंसिर २०७८, आईतवार ०७:२७
काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला […]