पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरी

साभार ९ भाद्र २०७८, बुधबार ०९:२७

पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरीमा सकिएको छ। मंगलबार राति सकिएको दोस्रो टेस्टमा पाकिस्तान १०९ रनले विजयी भएसँगै घरेलु टोली वेस्ट इण्डिजसँगको टेस्ट श्रृङ्खला बराबरी भएको हो।

यसअघि पहिलो टेस्टमा वेस्ट इण्डिज एक विकेटले विजयी भएको थियो। पहिलो पालीमा १५२ रनको अग्रता बनाएको पाकिस्तानले समग्रमा ३२८ रन बनाएको थियो। पाकिस्तानले जितका लागि दिएको ३२९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज २१९ रनमा मात्र समेटियो।

वेष्ट इन्डिजलाई सस्तैमा समेट्न पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक चार विकेट लिए। त्यस्तै‚ नौमान अलीले तीन र हसन अलीले दुई विकेट लिए।

Next Post

माधव नेपाल र महन्थ ठाकुरको नयाँ दलको सनाखत आज

९ भाद्र २०७८, बुधबार ०९:२७
काठमाडौं– निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि आज बोलाएको छ। आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ। विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ। आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता […]